रामेछापको शैलुङमा यस वर्षको हिउँदको पहिलो हिमपात भएको छ । शैलुङका साथै जिल्लाका अन्य उच्च पहाडी क्षेत्रमा यसपटकको पहिलो हिमपात भएको छ । जिल्लाको माथिल्लो हिमाली क्षेत्रमा मंगलबारबाट हिमपात सुरु भएको हो ।
दोरम्बा शैलुङ गाउँपालिकाको शैलुङ खोलाखर्क क्षेत्रमा मंगलबार पहिलो पटक हिमपात भएको स्थानीय दावासाङ्बु शेर्पाले जानकारी दिए । मंगलबारबाट शैलुङमा बाक्लो हिउँ परेको छ ।
हिउँ परेसँगै शैलुङका डाँडा मनोरम र सेताम्मे भएका छन् । शैलुङमा हिउँ परेपछि हिउँ खेल्ने पर्यटक त्यहाँ पुग्ने गर्दछन् । हिउँ परेपछि बालीनाली राम्रो उत्पादन हुने भन्दै स्थानीय किसान खुसी भएका छन् । हिउँले खाएको माटो मलिलो हुने तथा जमिनमा ओस पस्ने भएकोले राम्रो उब्जनी हुने किसान बताउँछन् ।
शैलुङमा हिमपात :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।