logo-img

तिब्बतमा भूकम्प : मृतकको संख्या १२६ पुग्यो, १८८ जना घाइते

चीनको तिब्बतमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ । यस्तै, १८८ जना घाइते भएका चिनियाँ सञ्चारमाध्यम सिजिटिएनले जनाएको छ । 

भूकम्प गएपछि तिब्बतको शिगात्से सहरमा १ हजारभन्दा बढी भवन भत्किएका छन् । यस्तै, उक्त क्षेत्रमा विद्युत् र जल वितरण प्रणाली अवरुद्ध भएको छ । 

चिनियाँ निकायहरूका अनुसार नेपाल-चीन सीमामा अवस्थित सगरमाथा क्षेत्रनजिकै केन्द्रविन्दु बनाएर गएको उक्त भूकम्पछि कैयौँ परकम्प मापन गरिएको छ । 

उक्त भूकम्पले नेपाल, भारत र भुटानका विभिन्न स्थानमा पनि हल्लाएको थियो । अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७.१ म्याग्निट्यूडको भएको र त्यो जमिनभन्दा १० किलोमिटर तल गएको जनाएको छ । 



नेपालको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार उक्त भूकम्पको क्षमता नेपालमा ५.३ म्याग्निट्यूड मापन गरिएको थियो भने नेपालबाट भूकम्पको केन्द्रविन्दु औसत दूरी ९० किलोमिटर छ । 





  • प्रकाशित मिति : पुस २४, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया