logo-img

आज कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना ?
फाइल तस्बिर

हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसकारण हाल देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । 

पश्चिम तराईका केही स्थानमा भने हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । 

राति पनि कोशी प्रदेशका पहाडी भू–भागमा बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

यस्तै, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा मधेश, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।







  • प्रकाशित मिति : पुस २४, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया