अलेक्जेन्डर दुगिन तर्क गर्छन् कि राष्ट्रको सार्वभौम हृदयले उदारवादलाई ध्वस्त पार्दै रुसी जनताको रचनात्मक र देशभक्ति पूर्ण भावना जागृत गर्न आह्वान गर्दछ । जसले उनीहरूको साम्राज्यवादी भाग्य सुनिश्चित गर्न मद्दत गर्दछ।
प्रस्तुत छ, फरकधार लागि मोहनप्रसाद ज्ञवालीले अनुवाद गरेको दुगिनको लेख :
मेरो विचारमा, आन्तरिक नीतिले दुई सिद्धान्तहरूलाई संयोजन गर्नुपर्छ :
१. देशद्रोह, रसियोफोबिया, उदारवाद, जासूसी, विदेशी एजेन्ट, विषाक्त वोक विचारधाराका समर्थकहरू र भ्रष्टाचारप्रति पूर्ण असहिष्णुता
२. कुनै पनि प्रकारको रचनात्मक अन्वेषण, प्रयोग, कल्पनाको स्वतन्त्रता, निष्पक्षता, अडानरहितता र अज्ञाततर्फको छलाङप्रति दृष्टिकोण
यसले यो अर्थ लगाउँछ कि एकातिर हामीले (स्मर्श) द्वितीय विश्वयुद्धका दौरान सोवियत संघको एक गुप्तचर संस्था थियो, जसको प्रमुख कार्य जासूस, गद्दार, र आन्तरिक खतरा पहिचान गर्नु र तिनीहरूलाई निष्क्रिय गर्नु वा (ओप्रिच्निना) एक गुप्त पुलिस र शासकीय प्रणाली थियो, जुन इवान भयानकले १६औं शताब्दीमा असहमति दबाउन र निरंकुश शक्ति सुदृढ गर्नका लागि स्थापना गरेको जस्तै अडिग अडान कायम राख्दै, आन्तरिक शत्रुहरू विरुद्धको दमन र दबाबको क्षेत्रलाई तीव्र बनाउनुपर्छ। अर्कोतिर हामीले रुसी विचारको स्वतन्त्र विकासका सबै बाधाहरू हटाउनुपर्छ। हरेक सिर्जनात्मक भावनालाई समर्थन गर्नुपर्छ। जनतामा प्राकृतिक र स्वस्फूर्त सिर्जनात्मक क्रियाकलापलाई प्रोत्साहन गर्नुपर्छ। साथै व्यापक सामाजिक तहहरूलाई सिर्जनात्मक प्रक्रियामा संलग्न गर्नुपर्छ।
पुटिनले भनेको ‘सारमा सार्वभौमसत्ता’ बारेको कुरा विशेष रूपमा महत्त्वपूर्ण छ। यो मुख्य कुरा हो। बाह्य रूपमा सार्वभौमसत्ता सुनिश्चित गर्नको लागि उदारवादीहरू, छुट्टावादीहरू, आतंककारीहरू, भ्रष्ट अधिकारीहरू, विदेशी एजेन्टहरू र रुसी राज्य र जनताका अन्य दुश्मनहरूको उन्मूलन गर्न आवश्यक छ। सबैभन्दा महत्त्वपूर्ण कुरा यो पश्चिम विरुद्ध युक्रेनमा विजय हासिल गर्नु हो।
यद्यपि यो कार्यक्रम खतराहरू र चुनौतीहरूको सामना गर्न केन्द्रित एक नकारात्मक कार्यक्रम हो। सकारात्मक कार्यक्रम सार्वभौमिकताको अन्तर्ज्ञानमा निहित छ। यसको अर्थ हाम्रो सभ्यतागत पहिचानलाई सिर्जनशीलता, निर्माण र पुष्टि मार्फत प्रकट गर्नुपर्छ। यहाँ कुनै पनि पूर्वनिर्धारित धारणाहरू हुनु हुँदैन । देशभक्ति पूर्ण रूपमा खुला रहनुपर्छ - देशभक्तिका हजारौं फूलहरू फुल्न दिनुपर्छ। हामीले जनताको सबै प्रकारका देशभक्त विचारलाई पोषण गर्नुपर्छ जबकि शत्रुतापूर्ण विचारहरूलाई प्रारम्भमै नष्ट गर्नुपर्छ। कठोर हातले।
सोभियत युगको समयमा, विशेष गरी यसको अन्तिम चरणमा, यी दुई दिशाहरू आपसमा भ्रम उत्पन्न भए। बाह्य शत्रुप्रति सतर्कता अपनाइए पनि, सकारात्मक एजेन्डाको रूपमा एक रेखीय र स्वयंसिद्ध दृष्टिकोण लागू गरियो। यसले स्थिरता, अलगाव, क्षयीकरण र पतनको अवस्था सिर्जना गर्यो।
पछि, सबै कुरा उल्टियो : दुश्मनहरूप्रति सहनशीलता देखाइयो र विषाक्त पश्चिमीकरण र उदारवादलाई आत्मसात गरियो। जबकि सकारात्मक कार्यक्रम उत्तिकै रेखीय र कट्टर रह्यो। यसले सोभियत संघको पतन र एक विपत्तिको परिणाम दियो। हामीले दुश्मन र उसको विचारप्रति कुनै सम्झौता नगरी अडिग रहनु पर्छ। जबकि रुसी स्वतन्त्रता, इच्छा शक्ति र सृजनशीलतालाई सक्रिय रूपमा विकास गर्नुपर्छ।
हामीले शापित पेरस्ट्रोइका र पतित, विश्वासघाती १९९० को दशकको ठीक उल्टो गर्नु आवश्यक छ ।
उदारवादीहरूविरुद्ध बदला लिनु आवश्यक छैन किनभने कम्तिमा ती व्यक्तिहरूविरुद्ध भने होइन जसले आफ्नो अपराधी र देशद्रोही भ्रान्तिहरूलाई त्यागेका छन्। तर लिबरलिजम आफैं समाप्त गरिनु पर्छ। आखिरकार, उदारवाद भनेको रद्द गर्ने संस्कृतिको प्रतिनिधित्व गर्दछ। यदि हामी यसप्रति दया देखाउँछौं भने, यसले हामीलाई रुसी विचार र परम्परागत मूल्यहरूको दमन र उत्पीडनको रूपमा फर्काउनेछ जतिबेला यसले अवसर पाउँछ ।
हामीले यसलाई पहिले नै देखेका छौं। उदारवाद एउटा कुतान्त्रिक विचारधारा हो जसले आफ्ना विपक्षीहरूको उत्पीडन गर्छ। यो एउटा अतिवादी विचारधारा हो जसले समाजलाई टुक्र्याउँछ। यो एक रुस विरोधी विचारधारा हो किनकि यसले कुनै पनि सामाजिक अस्तित्व, कुनै पनि एकता अस्वीकृत गर्दछ र रुसी जनताको अवधारणालाई नै अस्वीकार गर्दछ। जसले उनीहरूको अस्तित्वलाई नकार्छ।
यो एक विषाक्त भ्रम हो।
अहिले, अमेरिकामा नै उदारवादलाई खण्डन गरिँदै छ। त्यहाँ पनि यसले यति ठूलो क्षति पुर्याएको छ कि अमेरिकनहरूको धैर्यता चुँडिएको छ। रुसमा, उदारवादिहरूले अझ ठूलो अपराध गरेका छन्।
उदारवाद माथि एक न्यायाधीकरण स्थापना गर्नुपर्छ।
यो पूर्ण रूपमा तार्किक छ किनभने यसका मुख्य पात्रहरू अब खुलेआम हाम्रा शत्रुहरूको पक्षमा उभिएका छन्। जसमा धेरैले युक्रेनी नाजीहरूको साथमा हामीविरुद्ध सिधै लडिरहेका छन्। अन्यहरू यसलाई हर सम्भव तरिकाबाट मद्दत गर्दै छन् - शब्द, क्रिया र स्रोतहरू मार्फत। ‘स्थानान्तरण गर्नेहरू’ को परिघटनाले रुसी उदारवादको सारलाई समेट्छ।
यो सिधै मानव फोहोर हो। यो सधैँ यस्तो नै थियो, चाहे शक्तिमा होस् या शत्रुको पक्षमा उभिएको होस्। व्यक्तिगत उदारवादीहरूलाई माफी दिन सकिन्छ तर, समूहको रूपमा तिनीहरूलाई पूर्व नाजी अपराधीहरूको जस्तो व्यवहार र सम्मान गर्नुपर्छ। यदि तिनीहरूले पछुतो माने भने, त्यो भिन्न कुरा हो। तर यदि होइन भने, त्यस अवस्थामा हामीले निर्णायक रूपमा कार्य गर्नुपर्छ। हामीलाई जे आवश्यक छ त्यो हाम्रो समाजको निरन्तर र अपरिवर्तनीय वैचारिक उदारवादीकरणमुक्त गर्नु हो। यो युक्रेनको नाजीकरणमुक्तीको जतिकै अत्यावश्यक छ।
यो कुरा हामीलाई हाम्रो सार्वभौम स्वतन्त्र हृदयले भन्छ। साम्राज्य हाम्रो हृदयमा ढकढकाउँदै छ। यसको आवाज शान्त र कोमल छ। साम्राज्य भनेको केही भित्रको कुरा हो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।