logo-img

फ्रेन्च सुपर कपको उपाधिमा पिएसजीको ह्याट्रिक

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कपको उपाधि जितेको छ । उसले लगातार तेस्रोपटक फ्रेन्च सुपर कपको उपाधि हो ।

गएराति सम्पन्न फाइनलमा मोनाकोलाई १–० ले हराउँदै पिएसजी च्याम्पियन बन्यो ।

कतारको दोहास्थित स्टेडियम नाइन सेभेन फोरमा भएको खेलमा पिएसजीको जितमा उस्मान डेम्बेलेले निर्णायक गोल गरे । उनले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।

गत वर्ष लिग वान र सुपर कप दुवै पिएसजीले नै जितेको थियो । पछिल्लो १२ वर्षमा उसले ११ पटक सुपर कपको उपाधि जितेको छ । चार पटकको विजेता मोनाकोले भने सन् २००० यता उपाधि जित्न सकेको छैन ।  







  • प्रकाशित मिति : पुस २२, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया