नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्किएर कसैको बन्नेभन्दा पनि सामाजिक परिवर्तनको नायक बन्न सुझाव दिएका छन् । यदि कसैले शीतल निवासबाट निस्केको पूर्वराष्ट्रपति के गर्नुपर्छ भन्यो भने देशको सामाजिक अभिभावक बन्नुपर्ने उनले धारणा राखेका हुन् ।
उनले भने, ‘राजनीतिमा आउन चासो राखेको हो कि भन्ने कुरा पनि आउँछ । पूर्वराष्ट्रपतिले के गर्ने भनेर कसैले सोध्यो भने मेरो सुझाव सामाजिक रुपान्तरणको प्रेरकको रूपमा रहनुपर्छ भन्ने छ । तर राजनीतिमै फेरि आउन चाहनु भएको हो कि भन्ने चर्चा छ । यदी कसैले सोध्छ तिम्रो देशको शीतल निवासबाट निस्केको पूर्वराष्ट्रपति के गर्नुपर्छ भन्यो भने मैले सामाजिक अभिभावक यो देशलाई चाहिएको छ । ताकि कुनै आमाहरूले पीडा सहन नपरोस् । राजनीतिमा लागेर कसैको मात्र बन्ने पनि सुविधा छ । राजनीतिभन्दा पर अर्थात् माथि सामाजिक परिवर्तनको नायक बन्न जरुरी पनि छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।