logo-img

अमेरिकामा भवनमा विमान ठोक्किदा दुईको मृत्यु, १८ जना घाइते

अमेरिकाको क्यालिफोर्निया राज्यको एक व्यापारिक भवनमा एउटा सानो विमान ठोक्किँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार बिहीबार लस एन्जलसबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको फुलर्टन म्युनिसिपल एयरपोर्ट नजिकै दुर्घटना भएको हो । यसको कारण भने खुल्न सकेको छैन ।

फुलर्टन प्रहरीले एक्समा भनेको छ, ‘दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।’ यसका साथै १० जनालाई अस्पतालमा भर्ना गरिएको छ भने अन्य आठ जनाको घटनास्थलमै उपचार गरिएको छ ।

एक प्रहरी अधिकारीले स्थानीय स्टेसन केटीएलएलाई बताएअनुसार मृतकहरू विमानका यात्रु हुन् वा उनीहरू विमान दुर्घटना भएको भवनमा काम गर्ने कामदार थिए भन्नेबारे तत्काल पुष्टि गर्न नसकिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । 



टेलिभिजन फुटेजमा भवनको छतमा प्वाल परेको र धुवाँ निस्केको देखिएको छ । ‘एक ठूलो आवाजसहित जहाज भवनमा ठोक्किँदा हामी तर्सियौँ र त्यसपछि भवनबाट भाग्न थाल्यौँ,’ घटनास्थलका प्रत्यक्षदर्शी मध्येका एक जेरोम क्रुजले सीबीएस न्यूजलाई भने । 

फेडरल एभिएसन एडमिनिस्ट्रेसन (एफएए) का अनुसार उक्त विमान एकल इन्जिनमा निर्माण गरिएको आरभी–१० थियो, जुन चार सिट भएको सानो मोडेल थियो ।



गत नोभेम्बरमा फुलर्टन विमानस्थल नजिकै भएको अर्को दुर्घटनामा दुईजना घाइते भएका थिए ।  



  • प्रकाशित मिति : पुस १९, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया