logo-img

भ्रष्टाचारका फाइल खोल्नेभन्दा चर्चामा रहेका फाइललाई पहिला टुंगो लगाऔँ : अर्जुननरसिंह केसी
‘सत्तामा हुँदा धर्म बिर्सने र बाहिर जानेबित्तिकै पवित्र ठान्ने प्रवृत्ति छ’

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सत्ताभन्दा बाहिर जाँदा सबैभन्दा बढी पवित्र हुने र सत्तामा हुँदा त्यसलाई बिर्सने खालको परिस्थिति निर्माण भएको बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा उनले एकले अर्कोलाई दोष लगाउने खेल भइरहेको भन्दै भ्रष्टाचार नियन्त्रणको लागि एउटा निश्चित मापदण्ड बनाउन आवश्यक रहेको बताएका हुन् । 

‘हामीले धेरै ब्लेम गेमहरू गर्‍यौं । एकले अर्कोलाई दोष लगाउने । अर्कोले अर्कोलाई दोष लगाउने । जब सत्ताभन्दा बाहिर गयो सबैभन्दा बढी पवित्र हुने सत्तामा हुँदा जो भएपनि त्यसलाई बिर्सने खालको जुन स्थिति छ । भ्रष्टाचार नियन्त्रणको लागि त्यसलाई एउटा निश्चित मापदण्ड बनाऔँ,’ केसीले भने ।

उनले शासनको पहिलो सर्त भ्रष्टाचारमुक्त समाज रहेको भन्दै जबसम्म भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सकिँदैन तबसम्म सुशासन कायम नहुने बताए । वर्तमान समयमा सुशासनको सट्टा दुशासनको परिवेश निर्माण भएको पनि उनको भनाइ छ । 



‘हामी सुशासनको नाममा निरन्तर भक्ति त प्रदर्शन गरिरहेको छौँ । तर, सुशासनको पहिलो र प्रमुख सर्त भनेको भ्रष्टाचारमुक्त समाज हो । जबसम्म भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सकिँदैन तबसम्म सुशासन कायम हुँदैन । त्यो सुशासनको सट्टा दुशासनको परिवेश निर्माण भएको अवस्था छ,’ केसीले भने । 

सबै भ्रष्टाचारका फाइल खोल्नेभन्दा पनि जे जति चर्चामा छन् त्यो फाइलहरूलाई पहिला टुङ्गो लगाउन आवश्यक रहेको उनको भनाइ छ ।  





  • प्रकाशित मिति : पुस १९, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया