logo-img

गौशाला घटना : सुस्मिताको हत्या भएको प्रारम्भिक निष्कर्षमा प्रहरी

काठमाडौंको गौशालास्थित बागमती होटलको  ३०८ नम्बर कोठामा कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता खड्का मृत अवस्थामा भेटिएकी छिन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन पुस १६ गते उनी एक युवकसँग उक्त होटलमा बस्न गएकी थिइन् । उक्त दिन दिउँसो दुवै जनासँगै होटलमा प्रवेश गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

करिब ३ घण्टापछि सुस्मितासँगै गएका युवक ढोकामा ताला लगाएर चाबी लिएर फरार भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । केहीबेरमा आउँछु भन्दै निस्किएका युवक नफर्किएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा बुधबार दिउँसो ताला फुटाएर हेर्दा सुस्मिता कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।

फरार युवकको पहिचान भइसकेको र पक्राउ गर्न मात्रै बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलको मुचुल्का गरी पोष्टमर्टमको लागि सुस्मिताको शव टिचिङ अस्पताल पठाइएको छ ।



प्रहरीले सुस्मिताको हत्या भएको प्रारम्भिक निष्कर्ष निकाले पनि घटना कसरी घट्याे भन्नेबारे कुनै तथ्य सार्वजनिक गरिसकेकाे अवस्था छैन । स्नातक तह तेस्रो वर्षमा अध्ययनरत सुस्मिताका परिवारले प्रहरी वृत्त गौशालामा घटना अनुसन्धानका लागि जाहेरी दिएका छन् । 





  • प्रकाशित मिति : पुस १८, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया