logo-img

धनराज र ऋषिकेशलाई सरकारले जोगाएको माओवादीको निष्कर्ष

सरकारले कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा (एमाले)का नेता ऋषिकेश पोखरेललाई सहकारी ठगी प्रकरणमा दोषी देखिएपनि संरक्षण गर्ने काम गरेको आरोप नेकपा (माओवादी केन्द्र)ले लगाएको छ ।

बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले आफ्ना मान्छे जोगाउने अनि आफूभन्दा टाढाका मान्छेलाई छानी–छानी कारबाही गर्ने काम गरिरहेको बताए ।

उनले भने, ‘भ्रष्टाचार गर्नेहरूको संरक्षणमा सरकार लागिरहेको छ । राम्रो काम गर्नेलाई हटाउने, आफ्ना मान्छेचाहीँ जोगाउने अनि आफूभन्दा टाढाका मान्छेचाहीँ छानी-छानी कारबाही गर्ने । आफ्नालाई जोगाउने कांग्रेस उपसभापति धनराज गुरुङ सहकारीमा जोडिएको सिँधै छ तर कुनै कारबाही नै छैन । त्यस्तै लेखा सभापति ऋषिकेश पोखरेललाई पनि संरक्षण गरिरहेको छ ।’

त्यस्तै उनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङको उदाहरण दिँदै सरकारले राम्रो काम गर्नेलाई हटाउन खोजिरहेको पनि बताए । यस्तै उनले सरकार विचार–शून्य रहेको भन्दै मूल्य, मान्यता र आदर्शपनि सरकारमा नरहेको  आरोप लगाए ।







  • प्रकाशित मिति : पुस १८, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया