नेकपा एमालेबाट निष्कासित नेता डा. भीम रावलले केपी ओलीका कारण आफू नयाँ बाटो मोड्न बाध्य भएको बताएका छन् ।
एमालेले पार्टी सदस्यता खोसेपछि आफ्नो राजनीतिक यात्रा र थप समीक्षाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले ओली सत्ता र पद हत्याउने होडको कारण आफू माटो मोड्न बाध्य भएको बताएका हुन् ।
‘निरंकुश र अन्यायपूर्ण ढंगले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यको रूपमा जीवनपर्यन्त रहिरहने मेरो अवस्था रहेन । त्यसैले आज देश र जनताको हितको लागि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ,’ रावलले भने ।
यो पनि
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।