logo-img

सूर्यदर्शन सहकारी ठगी प्रकरण : आज पनि थुनछेक बहस
फाइल तस्बिर

पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन मुद्दामा बुधबार पनि जिल्ला अदालत कास्कीमा थुनछेक बहस जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको मुद्दामा आज पनि थुनछेक बहस भइरहेको हो ।  

मंगलबारको बहस सकिएसँगै लामिछानेसहित पक्राउ परेकाहरूलाई हिरासतमा फर्काइएको थियो । 

हिजो न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेसहित छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मीना गुरुङ र आरती गुरुङको बयान सकिएको थियो । लगत्तै थुनछेक बहस सुरु भयो ।  

आरोपीहरूविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले ७ पुसमा अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरूविरुद्ध सरकारी वकिलको कार्यालयले ५ पुसमा सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको पनि थप अभियोग दर्ता गरेको थियो । 



लामिछानेसहित जीबी राई, छविलाल जोशी, लीला पछाई र रामबहादुर खनालविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलेको छ । सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरणमा १५ वर्षसम्म सजाय र बिगोको दोब्बर जरिवाना मागदाबी गरेको छ । 





  • प्रकाशित मिति : पुस १७, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया