logo-img

दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेन्डा

संघीय संसद्अन्तर्गत आज दुई समितिको बैठक बस्ने भएको छ ।

मंगलबार प्रतिनिधि सभाअन्तर्गत अर्थ समिति र राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समिति बैठक बस्न लागिएको हो । 

आज अर्थ समितिमा अर्थ मन्त्री र अर्थ मन्त्रालयको राजस्व सचिवको उपस्थितिमा भन्सार सम्बन्धी कानूनलाई शंसोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्दैछ । 

यस्तै, विधायन व्यवस्थापन समितिमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ ।   
 







  • प्रकाशित मिति : पुस १६, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया