बैतडी केन्द्रविन्दु बनाएर मंगलबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बैतडीको नवाघर वरपर केन्द्रविन्दु बनाएर बिहान ७ बजेर ५४ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो । यसअघि जाजरकोट केन्द्रविन्दु बनाएर गत बिहीबार ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।