हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसकारण मध्य तथा पश्चिम तराईका केही स्थानमा हुस्सु लागेको छ ।
बाँकी भू–भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा सामान्य बदली रहने सम्भावना रहेको छ ।
पहाडी र तराई क्षेत्रमा मौसम सफा रहने सम्भावना छ । राति पनि देशैभरीको मौसम सफा रहने सम्भावना रहेको छ ।
बिहानी समयमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्ने भएकोले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।