logo-img

शेखर कोइराला भन्छन्- केन्द्रको हस्तक्षेपले प्रदेश राम्ररी चल्न सकेनन्, यसमा म पनि जिम्मेवार छु

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रको हस्तक्षेपले गर्दा प्रदेश राम्ररी चल्न नसकेको धारणा राखेका छन् ।

जनकपुरधाममा आइतबार पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले केन्द्रले संघीयताको मर्म नबुझेका कारण निजामती कर्मचारी, शिक्षा, प्रहरीलगायत ऐन हालसम्म नबन्न सकेको र यसमा आफू स्वयम् पनि जिम्मेवार रहेको बताएका छन् ।  

मधेश प्रदेश मात्र नभएर सातवटै प्रदेशमा यसले प्रभाव परिरहेको उनले धारणा राखे । यसमा कांग्रेसलगायत केन्द्रमा भएका सम्पूर्ण पार्टी उति नै जिम्मेवार रहेको उनले बताए । 

त्यस्तै, यसको समाधानका लागि जतिसक्दो निजामती कर्मचारी ऐन, प्रहरी ऐन, शिक्षा ऐन ल्याउन आवश्यक रहेको उनले बताए । तत्काल यी ऐन नल्याए प्रदेश नचल्ने उनको भनाइ छ । 



सिडियोलाई प्रदेशको गृहमन्त्रीले चलाउन नसक्ने अवस्था रहेकोले नियम कानुन बनाएर दिन आवश्यक रहेको उनले औंल्याए । डा. कोइरालाले यसमा केन्द्र बसेको आफूलगायत सम्पूर्ण पार्टी दोषी रहेको स्वीकार गरे ।
 





  • प्रकाशित मिति : पुस १४, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया