logo-img

७० अर्ब निक्षेप संकलन गर्न राष्ट्र बैंकले गर्‍यो बोलकबोल आह्वान
फाइल तस्बिर

नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले १४ पुसको दिउँसो २ बजेसम्म बोलकबोल गर्न सकिने जनाएको छ ।  

यस निक्षेप संकलनको उपकरणको नाम ‘निक्षेप संकलन’ राखिएको छ । आह्वान रकम ७० अर्ब रुपैयाँ रहेको छ भने निक्षेपको अवधि २१ दिनको हुनेछ । बोलकबोल र निष्काशन मिति दुवै १४ पुसमा तोकिएको छ । साँवा र ब्याज भुक्तानी भने ६ माघमा हुनेछ ।

बोलकबोलमा न्यूनतम् १० करोड रुपैयाँदेखि अधिकतम आह्वान रकमसम्म बोल गर्न सकिनेछ । बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र भाग लिन पाउने व्यवस्था गरिएको छ । 

बोलकबोल ब्याजदरमा आधारित हुनेछ, जसमा न्यूनतम् ब्याजदरलाई प्राथमिकता दिँदै बाँडफाँट गरिनेछ । बोलपत्र स्वीकृत भएमा सम्बन्धित बैंकको नेपाल राष्ट्र बैंक खाता खर्च गरी रकम लिने व्यवस्था हुनेछ । 



निक्षेप रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने प्रावधान छ । तर, निर्देशनअनुसारको अन्य मौज्दातमा भने यो रकम गणना गर्न सकिनेछ ।

बोलकबोल प्रक्रियाबारे विस्तृत जानकारी आवश्यकपरे राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागमा सम्पर्क गर्न सकिने जानकारी पनि दिइएको छ ।





  • प्रकाशित मिति : पुस १४, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया