प्रतिनिधिसभा सचिवमा हर्कराज राई सिफारिस भएका छन् ।
सभामुख देवराज घिमिरेले झापाको शिवसताक्षी गाउँपालिका–२ का राईलाई आइतबार प्रतिनिधिसभा सचिवमा नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका हुन् ।
नेकपा (एमाले) निकट मानिने राई हाल भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालका सल्लाहकार छन् ।
प्रतिनिधिसभा सचिव सुरेश अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको पदमा राईलाई सिफारिस गरिएको सभामुख घिमिरेको सचिवालयले जानकारी दिएको छ ।
राईले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।