logo-img

दक्षिण कोरियामा विमान दुर्घटना : १७९ जनाको मृत्यु, दुई जनाको उद्धार

दक्षिण कोरियामा भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको छ । विमानमा सवार १८१ जनामध्ये दुई महिलाको मात्र जीवितै उद्धार गरिएको छ । 

उनीहरूमध्ये एकजना चालक दलका सदस्य र एकजना यात्रु हुन् । दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरूको उद्धार गरेका थिए ।  

उनीहरूबाहेक अरू यात्रु र चालक भने जीवित फेला नपरेको योनहाप समाचार एजेन्सीले जनाएको छ ।  



थाइल्याण्डको बैंककबाट आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । 

विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना थिए । उनीहरूमध्ये दुईजना थाइल्याण्डका र बाँकी सबै दक्षिण कोरियाका नागरिक थिए ।



दक्षिण कोरियाको जेओला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको थियो । त्यसपछि विमानमा आगो लागेको थियो । 



  • प्रकाशित मिति : पुस १४, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया