logo-img

बंलादेशलाई हराउँदै भारतले जित्यो यू-१९ एसिया कपको उपाधि

पहिलो संस्करणको यू–१९ महिला एसिया कपको उपाधि भारतले जितेको छ । आइतबार आज बिहान भएको फाइनल खेलमा बंगलादेशलाई ४१ रनले हराउँदै भारतले उपाधि जितेको हो ।  

बंगलादेश भने फाइनलमा चुक्यो । फाइनलमा भारतले दिएको १ सय १८ रनको लक्ष्य पछ्याएको बंगलादेश १८ दशमलव ३ ओभरमा ७६ रनमै अलआउट भयो । उसका लागिजयुरिया फेरडोसले २२ तथा फायोमिदा चोयाले १८ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकसमेत जोड्न सकेनन् ।

भारतका लागि आयुशी शुक्लाले तीन तथा परुनिका शुक्ला र शोनम यादवले समान दुई/दुई विकेट लिए । त्यसअघि मलेसियाको वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १७ रन बनायो ।  

भारतका लागि ओपनर गंगोदी तृष्णाले अर्थशतकीय पारी खेलिन् । उनले ४७ बलमा ५२ रन बनाइन् । यस्तै, मिथिला विनोदले १७ रन जोडिन् ।



बंगलादेशका लागि फर्जमा एस्मिनले सर्वाधिक चार विकेट लिइन् । प्रतियोगितामा नेपालले पनि सहभागिता जनाएको छ । नेपालले समूह चरणमा पाकिस्तानलाई हराउँदै भारतसँग अंक बाँड्यो । 

सुपर फोरमा नेपालले वर्षाका कारण श्रीलंकासँग अंक बाँड्दा बंगलादेशसँग पराजय बेहोरेको थियो ।  





  • प्रकाशित मिति : ५ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया