logo-img

जनकपुर बोल्टसविरुद्ध अपमानित नारा लगाउनेमाथि कारबाही गर्न मधेसी आयोगको सिफारिस
फाइल तस्वीर

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सका खेलाडीविरुद्ध नश्लीय नारा लगाउनेलाई कारबाही गर्न मधेशी आयोगले सिफारिस गरेको छ । 

विज्ञप्ति जारी गर्दै आयोगले गत ४ पुसमा सम्पन्न दोस्रो क्वालिफायरअन्तर्गत जनकपुर र कर्णालीविरुद्धको खेलमा उदण्ड र अराजक समूहले नश्लीय र साम्प्रदायिक व्यवहार देखाएको र जनकपुरका खेलाडीकै अगाडि अभद्र र अपमानित हुने नारा जुलुस गरेको भन्दै कारबाहीका लागि सिफारिस गरेको हो ।

‘अहिले एउटा सम्प्रदायमा देखिएका मधेशी समुदायप्रतिको विभेदकारी र नश्लीय सोचले मुलुक निर्माणमा अवश्य नै समस्या उत्पन्न गर्नेछ । एनपिएलमा जनकपुरका खेलाडीका अगाडि नै अभद्र र अपमानित हुने खालका नारा जुलुस लगाए । जुन कार्य अति निन्दनीय र कानुनविपरीतका दण्डनीय कार्य रहेको छ’, आयोगले विज्ञप्तिमा भनेको छन्, ‘तसर्थ: तत्कालै राज्यले ती उदण्ड र अभद्र अपराधीलाई तुरुन्त कानुनीरूपमा दण्डित गर्ने कार्य गर्न र संवेदनशील हुन आयोग अपील गर्दछ । र, सोको लागि आयोगले गृह–प्रशासनमा सिफारिससमेत गरिसकेको छ ।’   







  • प्रकाशित मिति : ६ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया