logo-img

चार संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

संघीय संसद्अन्तर्गत आज विभिन्न चारवटा समितिको बैठक बस्दै छ । आज अर्थ, महिला तथा सामाजिक मामिला र पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बोलाइएको छ ।

बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफललाई निरन्तरता दिनुका साथै विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची छ । 

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बिहान साढे १० बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल गर्ने कार्यसूची रहेको छ । 

यस्तै, बिहान ११ बजे सिंहदरबारमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरूको पहिचान (तेस्रो लिङ्गी, ट्रान्सजेन्डर, पारलिङ्गी) अधिकार र समावेशीकरण सम्बन्धमा छलफल हुनेछ ।



त्यस्तै, पूर्वाधार विकास समितिको बैठकको समय तोकिएको छैन । बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग दफावार छलफल गर्ने कार्यसूची छ ।





  • प्रकाशित मिति : ८ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया