logo-img

एट्लेटिकोसँग घरमै हार्‍यो बार्सिलोना

स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले एट्लेटिको मड्रिडसँग २–१ को हार बेहोरेको छ । उसले अग्रता जोगाउन नसक्दा पराजय बेहोरेको हो । 

एट्लेटिकोको जितमा रोड्रिगो डि पउल र एलेक्सन्डर सोर्लोथले समान एक गोल गरे । बार्सिलोनाका पेड्रीको नाममा गोल रह्यो । 

शनिबार राति घरेलु मैदानमा भएको खेलमा ३०औँ मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ६०औँ मिनेटमा रोड्रिगो डि पउलले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।    

७३औँ मिनेटमा सोर्लोथले नाहुल मोलिनाको पासमा गोल गर्दै एट्लेटिकोलार्य २–१ को पुनरागमन जित दिलाए । एट्लेटिकोले सन् २०२१ पछि बार्सिलोनालाई हराएको हो ।  



यो जितपछि एट्लेटिको ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । उसले १८ खेलबाट ४१ अंक जोडेको छ । एक खेल बढी खेलेको बार्सिलोनाको ३८ अंक छ  ।  





  • प्रकाशित मिति : ९ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया