logo-img

रवि लामिछानेविरुद्ध मुद्दा दर्ता गरिँदै, १ अर्ब ५१ करोड बिगो दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ ।

आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले लामिछानेविरुद्ध मुद्दा दायर गर्न लागेको हो ।

रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा अभियोग दर्ता गर्ने सरकारी वकिलको तयारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालयले गत १ पुसमा उनीमाथि छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।



सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने उल्लेख छ ।  

सहकारी ठगीमा लामिछानेमाथिको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै अदालतले १ पुसमा चार दिनको म्याद थप गरेको थियो ।  



चार दिनको म्याद ५ पुसमा सकिए पनि ६ पुसमा शनिबार परेकाले आज अदालतमा मुद्दा दर्ता गर्न लागिएको हो ।

कानुनबमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्नेछ । सोही कारण आजै मुद्दा दर्ता गर्न लागिएको हो ।   



  • प्रकाशित मिति : ५ घण्टा अघि

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया