logo-img

व्यापारी पलायनले संकटमा हिरा व्यापार

‘हिरा राजधानी’ मानिने बेल्जियमको बन्दरगाह सहर एन्टवर्पमा हिराको व्यापार संकटमा परेको छ । रुस-युक्रेन युद्धका कारण युरोपेली संघले रुसी हिरा आयातमा प्रतिबन्ध लगाएपछि हीराको व्यापारमा ऐतिहासिक रुपमै गिरावट भएको हो ।

सयौं वर्षदेखि हिराको व्यवसायको हब मानिएको उक्त सहरबाट धेरै व्यापारीहरू पलायन समेत हुन थालेका छन् । उक्त क्षेत्रको एक सय मिटर लामो सडकमा करिब दुई हजार हिरा कम्पनीहरूको घर थिए । तर ती अब बन्द हुने तरखरमा छन् ।

रुसी हिरामाथि युरोपेली संघले लगाएको प्रतिबन्धले बेल्जियमको कच्चा हीरा आयातमा तीव्र गिरावट आएको छ । यस वर्षको पहिलो तीन त्रैमासिकमा मात्रै, आयात ३८ प्रतिशतले घटेको छ, जसले हिरासँग सम्बन्धित रोजगारीमा उल्लेखनीय कमी आएको सीसीटीभीप्लसले जनाएको छ ।



दोस्रो पुस्ताका हिरा व्यापारी तारेक दायेखले ५० वर्ष पुरानो हिराको व्यापार छाड्नुपर्ने अवस्था आएको बताए । उनले इयूको प्रतिबन्ध, कडा नियमहरू, आर्थिक मन्दी र ऊर्जा संकटलगायतका कारण व्यवसाय छाड्नुपर्ने अवस्था आएको सुनाए । धेरै व्यापारीहरू दुबईतिर पलायन भएका छन् ।





  • प्रकाशित मिति : पुस ६, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया