logo-img

एनपिएल फाइनलमा सुदूरपश्चिमले दियो जनकपुरलाई १८५ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य दिएको छ ।  

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रन बनायो । उसका लागि ओपनर सैफ जैबले अर्धशतकीय पारी खेले ।  ४३ बलको सामना गरेका जैबले ८ चौका र २ छक्कासहित ६९ रनको पारी खेलेका हुन् ।

यस्तै, अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा तीन छक्का र एक चौकाको सहयोगमा ४१ रन बनाए । यस्तै, ब्रान्डन म्याकमुलेन र हरमित सिंहले १४/१४ तथा स्कट कुग्लाइनले १३, कप्तान दीपेन्द्र सिंह ऐरीले ९ तथा नरेश बुढा ऐरले ८ रन जोडे ।



जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन/तीन तथा जिमी नीशम र ललित राजवंशीले एक/एक विकेट लिए ।    





  • प्रकाशित मिति : पुस ६, २०८१ शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया