नेपाल एसिसी यू–१९ एसिया कपको फाइनल पुग्न चुकेको छ । शुक्रबार सुपर फोरअन्तर्गत अन्तिम खेलमा बंगलादेशसँग ९ विकेटले पराजित भएसँगै नेपाल फाइनल पुग्न चुकेको हो ।
नेपाल बाहिरिएपछि बंगलादेशले फाइनलमा स्थान बनायो ।
सुपर फोरअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले ९.५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । उसका लागि फाहोमिदा चोयाले अविजित २६ र ईवाले १८ रन बनाइन् ।
नेपालका लागि कुसुम गोदारले मात्र एक विकेट लिइन् ।
त्यसअघि बायुमास ओभल मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले वर्षाका कारण ११ ओभरमा झारिएको खेलमा नेपालले ८ विकेट गुमाएर ५४ रन बनायो ।
नेपालका लागि सावित्रा १२ बलमा सर्वाधिक ११ रन बनाइन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानमाथि ६ विकेटको जित निकालेको थियो ।
भारतसँग भने नेपालले वर्षाका कारण अंक बाँड्यो । समूह चरणमा उपविजेता बन्दै सुपर चारमा पुगेको नेपालले बिहीबार श्रीलंकासँग समेत वर्षाका कारण अंक बाँडेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।