logo-img

यू-१९ एसिया कप : सुखद सुरुवातको सोचमा नेपाल, आज पाकिस्तानसँग भिड्दै

मलेसियामा जारी पहिलो संस्करणको एसिसी यू–१९ महिला एसिया कपमा नेपालले आज पाकिस्तानविरुद्ध खेल्दैछ । समूह ‘बी’ अन्तर्गत यी दुई टिमबीचको खेल बिहान ११:४५ बजेदेखि मलेसियाको क्वालालाम्पुरमा सुरु हुनेछ ।  

जारी प्रतियोगितामा पाकिस्तानको यो दोस्रो खेल हो । ऊ पहिलो खेलमा भारत यू–१९ सँग ९ विकेटले पराजित भएको थियो । पाकिस्तान पहिलो जितको खोजीमा छ । नेपाल आज पाकिस्तानलाई हराउँदै सानदार सुरुवात गर्ने सोचमा छ ।   

नेपालले दोस्रो खेलमा मंगलबार भारतको सामना गर्ने तालिका छ । प्रतियोगिताको समूह ‘ए’ मा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् । एसियाबाट यू–१९ महिला विश्वकपमा छनोट भएकाले नेपालले एसिया कप खेल्ने मौका पाएको हो ।  

यू–१९ महिला विश्वकप अर्को संंस्करण आगामी वर्षको जनवरीमा मलेसियामा आयोजना हुनेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । समूह चरणमा नेपालले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग खेल्नेछ ।  



एसिया कपका लागि नेपालको यू–१९ टोली : पूजा महतो (कप्तान), सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रवीन, स्नेहा महरा, सावित्रा धामी, तृष्ना विक, रिया शर्मा, अलिशाकुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत । 





  • प्रकाशित मिति : पुस १, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया