logo-img

लाइन्स क्लब अफ काठमाडौं अरनिको आइक्याम्पबाट ४३५ जना लाभान्वित

मोतीबिन्दु रोगका बिरामीलाई सहयोग गर्ने उद्देश्यसहित लायन्स क्लब अफ काठमाडौं अरनिकोले आयोजना गरेको चार दिने ‘आइक्पाम्प’ आँखा स्वास्थ्य शिविरबाट ४३५ जना लाभान्वित भएका छन् ।

ललितपुर जिल्लाको कन्ज्योसोम गाउँपालिका–४ मा मंसिर २० गतेदेखि २३ गतेसम्म आयोजना गरिएको उक्त आइक्याम्पमा ४३५ जनाको आँखा परीक्षण गरिएकोमा ३८ जनामा मोतीबिन्दु रोगका बिरामी फेला परेको  लायन्स क्लब अफ काठमाडौं अरनिकोका संस्थापक अध्यक्ष विजयकुमार रेग्मीले जानकारी दिए ।

उनका अनुसार मोतीबिन्दु रोग देखिएका मध्ये ३१ जना बिरामीका आइक्याम्पमै उपचार गरिएको र बाँकी ७ जनाको भक्तपुरको थिमीमा रहेको बिपी नेत्र प्रतिष्ठानमा निःशुल्क उपचार गर्ने काम अघि बढेको छ । ७ जनामा जटिल समस्या देखिएको र उनीहरूको उपचार गर्न शिविरमा सम्भव नभएपछि नेत्र प्रतिष्ठानमा बोलाएर निःशुल्क उपचार गर्ने काम अघि बढाइएको उनले जानकारी दिए । उनका अनुसार ती ७ जना बिरामीको एक साताभित्रै शल्यक्रिया हुनेछ ।

उक्त आइक्याम्पमा बिपी नेत्र प्रतिष्ठानका वरिष्ठ आँखा रोग विशेषयज्ञ डाक्टर दीपक खड्का नेतृत्वको चिकित्सकीय टोली खटिएको थियो । मोतीबिन्दु रोगको उपचार गर्न प्रतिव्यक्ति २५ हजारदेखि ३० हजार रुपैयाँ लाग्ने गरेको जनाउँदै संस्थापक अध्यक्ष रेग्मीले आँखा शिविरमा सहभागी भएका सबै बिरामीको निःशुल्क उपचार गरिएको जानकारी दिए । 



लायन्स क्लब अफ काठमाडौं अनेका, बिपी नेत्र प्रतिष्ठान, केओर ब्लाइन्डनेस, तिलगंगा आँखा अस्पताल, नल्लु स्वास्थ्य चौकी र कन्ज्योसोम गाउँपालिकाको सहकार्यमा काठमाडौं अरनिकोले उक्त आइक्याम्पको आयोजना गरिएको रेग्मीले जानकारी दिए ।



उक्त शिविरको क्रममा आँखा सम्बन्धी समस्या भएका २०० जनालाई चस्मा वितरण गरिएको र मोतिविन्दुको सल्याक्रिया गरिएका ३१ जनालाई कालो चस्मा वितरण गरिएका उनको भनाइ छ ।

नेपालमा सन् १९७१ मा स्थापना भएको लायन्स क्लबले स्थापनाकाल देखि नै विभिन्न सामाजिक काम गर्दै आइरहेको छ । मातृकाप्रसाद कोइराला संस्थापक अध्यक्ष बनेर लायन्स क्लबलाई विराटनगरमा स्थापना गरिएको थियो । लायन्सका अहिले देशभर २ हजार क्लब रहेका छन् भने ती क्लबमा ४६ हजारभन्दा बढी सदस्य जोडिएका छन् ।  



  • प्रकाशित मिति : मंसिर २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया