logo-img

‘विद्यालय शिक्षा ऐन ल्याउन जरुरी छ’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालयलाई व्यवस्थित गर्न विद्यालय शिक्षा ऐन ल्याउन जरुरी भएको बताएकी छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले विद्यालय शिक्षा ऐन बनाउँदा प्रविधि, बालविकास र बालबालिकाको भविष्यलाई हेरेर बनाउनुपर्ने बताइन् ।

‘विद्यालय, शिक्षक र विद्यार्थीको अनुपात कसरी मिलाउने भन्ने विषयमा २०७६ सालमा पनि अध्ययन भए पनि अहिले प्रविधि र अवस्था धेरै बदली सकेको छ’, उनले भनिन्, ‘विद्यालय शिक्षाको अधिकार संविधानले स्थानीय तहलाई दिएको छ, स्थानीय तहले राम्रोसँग अध्ययन गर्न जरुरी छ ।’

मन्त्री भट्टराईले मन्त्रालयले पूर्वसचिव दीपेन्द्र विक्रम थापाको संयोजकत्वमा शिक्षकको दरबन्दी पुनरावलोकन अध्ययन कार्यदल गठन गरेको र उक्त कार्यदललाई दुई महिनाको समयावधि दिइएको समेत जानकारी दिइन् ।

उनले कार्यदलले विद्यार्थी र शिक्षकको अनुपात कसरी मिलाउने भनेर अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाएपछि त्यस आधारमा सरकारले आवश्यक काम गर्ने बताइन् । समितिमा सांसदहरूले विद्यालय शिक्षालाई गुणस्तरीय बनाउनुपर्ने र त्यसका लागि विद्यालय शिक्षा ऐन जरुरी भएको धारणा व्यक्त गरेका छन् ।







  • प्रकाशित मिति : मंसिर १९, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया