नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई जितका लागि १२८ रनको लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपूरमा आज भएको खेलमा विराटनगरले बोल्ट्सलाई जितका लागि उक्त रनको लक्ष्य दिएको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको हो । विराटनगरका लागि न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिलले अर्धशतक प्रहार गर्दै सर्वाधिक ५५ रन बनाए ।
उनले ४३ बलमा एक छक्का र सात चौकाको मद्दतले ५५ रन बनाएका हुन् । यस्तै अकिब इलियासले १५, निकोलस किर्टनले नौ र लोकेश बमले पाँच रनको योगदान दिए ।
बसिर अहमद, सन्दीप लामिछाने र अनिल खरेलले समान ७/७ रन बनाए । त्यस्तै विराटनगरका लागि क्रिस सोलले चार, प्रतिश जिसीले दुई र राजेश पुलामीले एक रन बनाए भने जितेन्द्र मुखिया शुन्य रनमै आउट भए ।
विराटनगरले अतिरिक्त १५ रन प्राप्त गर्यो । जनकपुर बोल्ट्सका लागि ललित राजवंशीले सर्वाधिक तीन विकेट लिए । यस्तै किशोर महतो र हर्ष ठाकरले समान २/२ विकेट लिए । जनकपुरका मोहम्मद मोहसिन र बेन माइकले समान एक/एक विकेट हात पारे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।