logo-img

यू-१९ विश्वकप छनोट : पूजाको कप्तानीमा नेपालको टिम घोषणा

आसन्न महिला यू–१९ टी–२० विश्वकप एसिया छनोटका लागि नेपालको टिम घोषणा गरिएको छ ।  

नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार पूजा महतोको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । क्यानले यस प्रतियोगिताका लागि गत २६ भदौमा २९ सदस्यीय खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो ।

सोही प्रारम्भिक टोलीबाट क्यानले अन्तिम टिम घोषणा गरेको हो । १९ कात्तिकदेखि सुरु हुने प्रतियोगितामा नेपाल, आयोजक यूएई, कुवेत र थाइल्याण्डले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा नेपालले पहिलो खेलमा २१ कात्तिकमा  थाइल्याण्डको सामना गर्नेछ । यस्तै, नेपालले २२ कात्तिकमा कुवेत तथा २४ कात्तिकमा यूएईसँग खेल्ने तालिका छ ।



यस्तै, नेपालको चौथो खेलमा २५ कात्तिकमा फेरि थाइल्याण्ड तथा पाँचौं खेलमा २७ कात्तिकमा कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । नेपालको अन्तिम खेलमा २८ कात्तिकमा यूएईसँग खेल्ने तालिका छ । 

प्रतियोगितामा अंक तालिकामा शीर्ष स्थान रहने टिम आउँदो वर्ष मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।  



विश्वकप छनोटका लागि नेपालको टिम : सोनी पाख्रिन, मनीषा उपाध्याय, कृष्मा गुरुङ, साना प्रवीन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशाकुमारी यादव, पूजा महतो (कप्तान), कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी र रचना चौधरी । 



  • प्रकाशित मिति : कात्तिक ७, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया