logo-img

नेपालको वर्तमान संविधान अहिलेसम्मकै असल : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले नेपालको वर्तमान संविधान अहिलेसम्मकै असल संविधान भएको बताएका छन् । बुधबार संविधान कार्यान्वयनको वर्तमान अवस्था अन्तरसंवाद कार्यक्रमलाई  सम्बोधन गर्दै उनले यो संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन ल्याएको भन्दै अहिलेसम्मको असल संविधान साबित भएको बताएका हुन् ।

उनले  भने, ‘यो  संविधान अहिलेको  अवस्थामा असलमध्येको असल संविधान हो,  हामीले  एउटा असल  संविधान  बनायौ, यो संविधानमा केही कमीकमजोरी छैन वा सबै कुरा ठिक छ पनि भन्न सकिन्न, किनभने सम्पूर्ण केही पनि हुँदैन, सर्वगुणसम्पन्न केही पनि हुँदैन, जीव होस् या अमृत चिज होस्, सम्पूर्ण गुण सम्पन्न हुँदैन, तर यो संविधान असलमध्येको संविधान हो । हाम्रो नेपालको लामो संवैधानिक र राजनीतिक यात्राको अनुभवबाट  यो संविधानको  उत्पत्ति भएको  हो ।’

यस्तै, उनले नेपालको संविधान कान्छो संविधान भएको भन्दै यसले तत्कालीन सबै राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको बताए । 

उनले भने, ‘००४ सालदेखि प्रारम्भ भएर ६८ वर्षपछि हामी ०७२ सालमा पुग्यौँ, यो  बीचमा हामीले ६ वटा संविधान बनायौँ, एउटा अन्तरिम संविधानबाहेक अरू सबै पाँचवटा संविधान कुनै न कुनै रूपमा कि त असफल भए कि त असफल पारिए, त्यो अनुभवको जगमा हामीले यो संविधानको निर्माण गर्यौं, हाम्रो संविधान कान्छो संविधान हो, संसारमा जति पनि बनेका संविधान छन्, तीमध्ये  नेपालको संविधानले तत्कालीन सबै राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गर्यो ।’ 



साथै, उनले नेपालको संविधानले समावेशी चरित्रको राज्य निर्माण गर्ने आयाम सिर्जना गरेको बताए । उनले यो संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको एउटा नयाँ आयाम सिर्जना गरेको बताए ।





  • प्रकाशित मिति : असोज २, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया