logo-img

कांग्रेसकाे पर्यटन विभागमा १० सदस्य मनोनीत

नेपाली कांग्रेसकाे पर्यटन विभागमा १० सदस्य मनोनीत भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले विभागमा १० नयाँ सदस्य थप गरेका हुन् । 

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य आङगेलु शेर्पा प्रमुख रहेको उक्त विभागको देउवाले मंगलबार नयाँ सदस्यहरू मनोनीत गरेका हुन् ।

मनोनयन हुनेहरूमा खुम सुवेदी- धादिङ, वीरबहादुर महरा- कञ्चनपुर, दीपेन्द्र पाण्डे ‘कपिल’- गोरखा, लक्की कार्की क्षेत्री- कास्की, छिरिङडोल्मा शेर्पा- दोलखा, दिनेश मगर- ओखलढुंगा, यज्ञमूर्ति आचार्य- अर्घाखाँची, रामप्रसाद पञ्जियार- धनुषा, ईश्वर लामिछाने- स्याङ्जा र जंगबहादुर लामा- हुम्ला रहेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।







  • प्रकाशित मिति : भदौ २५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया