logo-img

अन्य पुरुषसँग सम्बन्ध रहेको आशंकामा प्रेमिकाकाे हत्या

गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा मृत फेला परेकी युवतीको हत्यामा संलग्न भएकाे आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेकाे छ । सिराहा घर भई हाल काठमाडौंको बसुन्धारा बस्ने राम दुलारीको शव सुन्दरीजलस्थित ढुंगाको चेपभित्र गत बिहीबार भेटिएको थियाे । 

प्रहरीले सर्लाही चक्रघट्टा गाउँपालिका-३ बस्ने वर्ष ४० को रामविनय महरा र सर्लाहीकै बसबरिया गाउँपालिका-५ घर भई हाल वसुन्धारा ३ बस्ने वर्ष २४ का सन्तोषराम महरालाई पक्राउ गरेको हाे । पक्राउ परेकामध्ये राम महरासँग उनको २ वर्षदेखि प्रेम सम्बन्ध रहेकाे खुलेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिहरूबाट प्रेम सम्बन्धकै कारण ती महिलाको हत्या भएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन् । अभियुक्त महराकाअनुसार राम दुलारीसँग उनको २ वर्षदेखि प्रेम सम्बन्ध थियो।

युवतीकाे अन्य पुरुषसँग पनि सम्बन्धमा रहेको आशंका भएपछि सन्तोष महरासँग मिलेर उनको हत्या गरेको रामविनयले बयान दिएका छन्। घटनाको विस्तृत अनुसन्धान जारी रहेको एसपी नवराज अधिकारी जानकारी दिए ।







  • प्रकाशित मिति : भदौ २३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया