logo-img

लुम्बिनीमा नागरिक उन्मुक्तिले किन परिवर्तन गर्यो संसदीय दल नेता ?

नागरिक उन्मुक्ति पार्टीले लुम्बिनी प्रदेशका संसदीय दलको नेता परिवर्तन गरेको छ । यसअघि प्रदेश संसदीय दलको नेता धर्मबहादुर चौधरी थिए । 

उनको ठाउँमा राजकुमार चौधरी चयन भएका छन् । सोमबार दलको नेता चयन गरेर प्रदेशसभालाई पनि जानकारी गराइएको राजकुमार चौधरीले बताए । त्यस्तै, प्रमुख सचेतकमा नरमाया ढकाल र सचेतकमा निर्मलादेवी थारुलाई चयन गरिएको छ । 

लुम्बिनीमा नागरिक उन्मुक्तिका चारजना प्रदेशसभा सदस्य छन् । यसअघिका दल नेता चौधरी दुईपटक भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् । 

कांग्रेस नेता डिल्ली चौधरी र नेकपा (माओवादी केन्द्र)का नेता जोखबहादुर महरा मुख्यमन्त्री हुँदा उनी दुवैपटक मन्त्री थिए । 



धर्मबहादुर चौधरी नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीनिकट मानिन्थे भने संसदीय दलका नयाँ नेता राजकुमार चौधरी रेशम चौधरी समूहका मानिन्छन्।

नयाँ सरकार बनेसँगै नाउपाले संसदीय दलको नेता परिवर्तन गरेको हो । नयाँ सरकारमा उनकै नेतृत्वमा मन्त्री पठाउने नाउपाको तयारी छ ।  





  • प्रकाशित मिति : साउन ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया